नियम १२
नागरिकता प्रमाणपत्र रद्द गर्ने कार्यविधिः

ऐनको दफा १२ बमोजिम कसैले झुट्टो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा
देहायबमोजिमका निकायले त्यस्तो नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्नु पर्नेछ –
(क) मन्त्रालयबाट जारी भएको भए सो मन्त्रालयले
(ख) जिल्ला प्रशासन कार्यालय वा अन्य निकायबाट जारी भएको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीले,
(ग) खण्ड (ख) बमोजिम प्रमुख जिल्ला अधिकारीले रद्द गरेको नेपाली नागरिकता
प्रमाणपत्रको विवरण सहितको जानकारी मन्त्रालयमा पठाउनु पर्नेछ ।